हत्यामा संलग्न व्यक्ति पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा संलग्न रहि फरार रहेका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे रहेका छन् ।

प्रहरी बृत मालीगाउँ काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँबाट बुधवार पक्राउ गरेको हो ।

गत जेठ २० गते दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीस्थित आफ्नै घर नजिकै मकैवारीमा ७७ वर्षीय झिलक बहादुर विश्वकर्माको शव फेला परेको थियो ।

घटना शंकास्पद भन्दै अनुसन्धान सुरु गरेको प्रहरीले विश्वकर्माको हत्या भएको निष्कर्ष निकालेको थियो । हत्यामा संलग्नको खोजी सुरु गरेको प्रहरीले घटनामा संलग्न भन्दै घिमिरेलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?