काठमाडौँ, १४ कात्तिक- दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन् त्यसमध्ये पावर चाइना (सिनो हाइड्रो)का उच्च प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरलाई भेटेरै प्रस्ताव राखेका छन् । रेलवे कम्पनीका प्रतिनिधि भने सुरुङमार्गको स्थलगतसहित सम्पूर्ण प्रतिवेदन अध्ययन गरी चीन फर्किएका छन्, नयाँ पत्रिकामा खबर छ मन्त्री बलायरले सुरुङमार्ग निर्माण सम्बन्धमा पावर चाइनका प्रतिनिधिसँग गहन छलफल भएको बताए । ‘काठमाडौं–कुलेखानी–हेटाैँडा सुरुङमार्ग निर्माण ढिला भइरहेको थियो । अब यसलाई स्थगित नै गर्ने भन्ने मनस्थितिमा सरकार पुगेको थियो । यही समयमा सुरुङमार्ग निर्माणमा चासो देखाउँदै भेट्न आएका पावर चाइनाका प्रतिनिधिसँग छलफल भएको छ । उनीहरूको प्रस्तावमा विश्वस्त हुने केही आधार भेटिएका छन्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया