प्रमुख सेनानी दिरेन्द्र मल्ल सेनाको नियन्त्रणमा

लोकपथ
301
Shares

काठमाडौं । नेपाली सेनाले अनुशासनको विषयलाई लिएर प्रमुख सेनानी दिरेन्द्र मल्ललाई नियन्त्रणमा लिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले उनलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको बताए ।

उनलाई कहिले नियन्त्रणमा लिइएको हो त्यसबारे जानकारी प्राप्त हुन सकेको छैन ।

सैनिक अनुशासन/आचरणको विषयमा उनीमाथि छानबिन भइरहेको उनले बताए । ‘उहाँमाथि सैनिक अनुशासन/आचरण सम्बन्धमा छानबिन भइरहेको छ,’ उनले भने ।

उनी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?