छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ ।

प्युठानको ऐरावती गाउँपालिका–४ छापस्थित सडकमा लु.४ त ९२९४ नम्बरको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–७ पुण्यखोला बस्ने २० वर्षीय सन्तोष नेपाली रहेका छन् । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचाको लागि बुटवल तर्फ लैजाने क्रममा बाटोमै बिहीवार साँझ मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित सडकमा बागमती प्रदेश ०२–०३४ प ३९३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने भारत विहार घर भएका ४४ वर्षीय अबय कुमार रहेका छन् । बिहीवार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल बसुन्धारा हुँदै बाँसबारी न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी लमजुङको मर्स्याङदी गाउँपालिका–६ नाईचेमा पीआरए–३–०१–००३–केए ६४५९ नम्बरको लोडर सडकबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय गोपाल तामाङ रहेका छन् दुर्घटनाबाट गम्भीर घाइते भएका उनको काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ माडागाँउस्थित सडकमा सुरई खोलाबाट माडागाउँतर्फ जाँदै गरेको लु.२ त ५८२९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीय रक्षाराम पाल रहेका छन् । बहिवार राति ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको भारतको नौगढस्थित अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित सडकमा एएस २५ डीसि ०२१२ नम्बरको ग्यास बुलेट गाडीले ग.७ प २३०४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की पोखरा उपमहानगरपालिका–११ फुलवारी बस्ने ३३ वर्षीया निर्मला अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिएमसी चुरेहील अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको दुहवी नगरपालिका–८ सोनापुर चोकस्थित सडकमा बिहीबार दिउँसो बा.५ ख ४८१३ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीया नथिया चौधरी रहेकी छन् । दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रमममा शुक्रबार बिहान मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?