बहस नसकिएपछि उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

लोकपथ
35
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको मुद्दा हेर्दाहेर्दै राखिएको छ ।

जसपाका अध्यक्ष यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको हो ।

शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

२३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा बनाएको नयाँ दल जसपालाई निर्वाचन आयोगले मान्यता दिएको थियो त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष यादवले अदालतमा मुद्दा दायर गरेका हुन् ।

शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको तियो । अशोक राई लगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दा हेर्दै राखिएको बताइएको छ ।

यसअघि मङ्गलवार पनि न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने भन्दै स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?