काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार गण्डकी प्रदेश सभामा राजनीतिक दल समक्ष विश्वासको मत दिन आग्रह गरेका हुन् ।
विश्वासको मत माग्दै उनले सबै राजनीतिक दलको सहयोग पाउनेमा विश्वस्त रहेको बताए । साथै उनले विश्वासको मत पाएमा सबैको विश्वास लिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया