काठमाडौं । भोजपुरमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
परेका छन् ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।
मगरमाथि ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया