लागुऔषधसहित ६ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका–९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३८ ग्राम ८० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । सोही महानगरपालिका–३ बस्ने ३० वर्षीय सुनिल गडेरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।

त्यस्तैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम २ मिलिग्रामसहित दुईजना पक्राउ परेका छन् । भारत बिहार घर भएका ४२ वर्षीय सन्तोष यादव समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लौकाही र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३९ प ७२६७ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागुऔषध चेरश जस्तो देखिने पदार्थ ११ ग्राम ८७ मिलिग्राम र डिजिटल तराजु १ थानसहित एकजना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पाण्डेले संचालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?