जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

लोकपथ
77
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन । जनकपुरधाममा चलिरहेको महाधिवेशनबाट यादव निर्विरोध बनेका हुन् ।

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा महाधिवेशन जारी छ ।

२०१ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया भइरहेको छ । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?