कोशी प्रदेश सरकार विवादको पेसी रेग्मी, सुवेदी र मुसलमानको इजलासमा

लोकपथ
98
Shares

काठमाडौं । कोशी प्रदेश सरकार विवादसम्बन्धी मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा तोकिएको छ ।

सो विवादमा अन्तिम फैसलाका लागि बिहीबार बहस हुने भनी यसअघि इजलासबाटै मिति तोकिएको थियो । यसअघिको संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै आएकोमा हटाइएपछि उनी सर्वोच्च गएका हुन् । कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैर संवैधानिक भएको जिकिर गरेका थिए ।

उक्त रिटमा एकल इजलासले पाँच वटा संवैधानिक विवादका प्रश्नहरू निरूपण हुनुपर्ने भन्दै लिखित जवाफसहित छलफलमा बोलाएको थियो । संयुक्त इजलासमा पनि बहसका क्रममा यही प्रश्न उठेपछि पूर्ण इजलासमा पठाइएको थियो ।

यो रिटमा आजबाट सुनुवाइ सुरु हुने छ । सुरुमा केदार कार्कीका कानुन व्यवसायीहरूले बहस गर्ने छन् भने उनीहरुको बहस सकिएपछि सरकारी वकिलहरूले बहस गर्ने छन् । सरकारी पक्षपछि मुख्यमन्त्री कार्कीका तर्फबाट बहस हुने छ । अन्तिममा रिट निवेदकहरूले जवाफी बहस गर्दै सुनुवाइ सकिने छ । सुनुवाइ सकिएपछि मुख्यमन्त्रीको बारेमा जारी विवादमा सर्वोच्चले निकास दिने छ ।

सर्वोच्चले रिट जारी गरेमा पून मुख्यमन्त्रीमा केदार कार्कीले प्रवेश पाउने छन भने खारेज गरेमा हिक्मत कार्की नै निरन्तर हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?