उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा तत्कालीन महाप्रबन्धकसहित आठै जनालाई सफाइ

लोकपथ
70
Shares

काठमाडौं । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धकसहित आठैजनालाई सफाइ दिने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गर्दै सफाइको फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो उद्योगका महाप्रबन्धकसहित आठजनालाई २२ लाख ७८ हजार रुपैयाँभन्दा बढी नोक्सानी गराएको दाबीसहित १० माघ २०८० मा मुद्धा दायर गरेको थियो ।

अख्तियारले यस मुद्दामा उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल र नायब महाप्रबन्धक नवलकिशोर साहका साथै तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमारलाल कर्णलाई प्रतिवादी बनाएको थियो । साथै उद्योगका तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल र नवौँ तहका अधिकृत डेमलाल खनालमाथि पनि मुद्दा चलाइएको थियो। ।

साथै उद्योगका दुई निर्देशक ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई समेत प्रतिवादी बनाएको थियो ।
उद्योगका लागि १६० किलोवाटको भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिद गर्ने क्रममा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले उनीहरुमाथि मुद्दा चलाएको थियो । मुद्दा दायर भएको पाँच महिना नपुग्दै अदालतको फैसला आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?