काठमाडौं । ग्यास टेम्पो मात्रै सञ्चालनमा रहेको इमाडोल–रत्नपार्क रुटमा बिहीवारदेखि इभी माइक्रो चल्न सुरु गरेको छ ।
बागमती प्रदेश सरकारको नीति अनुसार २० वर्ष पुराना थोत्रा सवारीसाधनको सट्टामा नयाँ इभी माइक्रो बस चलाउन सुरु गरिएको हो ।
सानागाउँ–इमाडोल–रत्नपार्क रुटमा यसअघि ५० वटा २० वर्ष कटेका सफा टेम्पो सञ्चालनमा थिए । तर बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनमा इभीलाई प्राथमिकता दिँदै थोत्रा सवारीसाधनको स्थानमा नयाँ इभी माइक्रो ल्याउन सहजीकरण गरेको हो ।
अहिले नयाँ सार्वजनिक सवारीसाधन दर्ता गरी चलाउन नपाइने भएकाले पुरानो सवारीसाधनको नम्बर प्लेट काटेर नयाँ इभी माइक्रो चलाउन सुरु गरिएको हो । बिहीवार स्मार्ट सिटी प्रालि कम्पनीमार्फत् सो रुटमा चारवटा नयाा इभी माइक्रो हालिएको हो ।
सानागाउँबाट चल्ने सो इभी माइक्रो इमाडोल, ग्वार्को, लगनखेल, जाउलाखेल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, एनएसी रत्नपार्क हुँदै सहिदगेट, त्रिपुरेश्वर, मंगलबजार हुँदै पुनः सानागाउँसम्म पुग्नेछ ।
१४ सिट क्षमताको माइक्रो बिहीवारबाट सञ्चालनमा ल्याएको र एक महिनाभित्र १५ वटा पु¥याउने लक्ष्य लिएको स्मार्ट सिटी प्रालि कम्पनीले जनाएको छ । यसअघि १२ सिट क्षमताका पुराना र नवीकरण समेत नभएको र बीमा समेत नहुने टेम्पो चल्ने गरेकामा अब एसीसहितको इभी माइक्रोबस सेवा सुरु गर्दा सेवाग्राहीलाई राहत पुग्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया