१५१ सरकारी वकिलको सरुवा, को कहाँ पुगे ?(नामावलीसहित)

लोकपथ
497
Shares

काठमाडौं । न्याय सेवा आयोगले १५१ सरकारी वकिलको सरुवा गरेको छ । बिहीबार बसेको न्याय सेवा आयोगको बैठकले सरकारी वकिल समूहका १५१ अधिकृतहरूको सरुवा गरेको हो ।

न्याय परिषद्का प्रवक्ता अशोक कुमार क्षेत्रीका अनुसार सहसचिव सरहका ८ सहन्यायाधिवक्ता, उपसचिव सरहका ५२ उपन्यायाधिवक्ता र अधिकृत सरहका ९१ सहायक न्यायाधिवक्ताको सरुवा गरिएको हो । आयोगले उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायाधिवक्ता रामकुमार थापालाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ ।

त्यस्तै हरिप्रसाद रेग्मी महान्यायाधिवक्ता कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । त्यस्तै विशेष सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाललाई अख्तियारमा सरुवा गरिएको छ भने कृष्णप्रसाद पुडासैनीलाई उच्च सरकारी वकिल कार्यालय, राजविराजबाट उच्च सरकारी वकिल कार्यालय वीरगञ्जमा सरुवा गरिएको छ ।

उच्च सरकारी वकिल कार्यालय, तुलसीपुरका सहन्यायाधिवक्ता मोहनसागर बस्याललाई विशेष सरकारी वकिल कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ । उच्च सरकारी वकिल कार्यालय, जुम्लाका सहन्यायाधिवक्ता कृष्णराज पन्तलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ ।

अख्तियारमा रहेकी सहन्यायाधिवक्ता पुजा खत्रीलाई उच्च सरकारी वकिल कार्यालय, महेन्द्रनगरमा सरुवा गरिएको छ भने उच्च सरकारी वकिल कार्यालय, दिपायलमा रहेका लक्ष्मण उपाध्याय घिमिरेलाई उच्च सरकारी वकिल कार्यालय, तुलसीपुरमा सरुवा गरिएको छ । आयोगले एक उपन्यायाधिवक्तालाई सहन्यायाधिवक्तामा बढुवासमेत गरेको छ ।

वीरगञ्ज उच्च सरकारी वकिल कार्यालय, पाटनमा रहेका उपन्यायाधिवक्ता अशोकराज रेग्मीलाई कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा गरी उच्च सरकारी वकिल कार्यालय, दिपायलमा पदस्थापन समेत गरिएको छ । हेर्नुहोस्, को कहाँ पुगे, पूरा विवरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?