काठमाडौंको न्यूनतम तापक्रम आज विहान यो वर्षकै सबैभन्दा बढी मापन

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम लगातार बढ्ने क्रममा आज (शुक्रबार) विहान हालसम्मकै सबैभन्दा बढी मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २३.२ डिग्री सेल्सियस मापन भएको छ । ‘काठमाडौं उपत्यकाका लागि यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै उच्च हो,’ उनले भने ।

हिजो बिहीबार यही समयमा २२.२ डिग्री सेल्सियस मापन भएको थियो । महाशाखाले हरेक दिन बिहान ८ः४५ बजे आधिकारिक अपडेट गर्ने गर्छ । हिजो बुधबार विहान सो समयमा थोरै घटेर २२ डिग्री सेल्सियस कायम भएको थियो ।

आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे अपडेट हुनेछ । त्यतिबेला थोरै घट्न सक्ने सम्भावना हुन्छ । मौसमविद्का अनुसार राति आकाश बादलले ड्याम्म ढाक्यो तर पानी परेन भने गर्मी हुन्छ र बिहान न्यूनतम तापक्रम बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?