त्रिशूलीमा बस खस्यो, २० जना घाइते, पाँचको अवस्था गम्भीर

लोकपथ
67.1k
Shares

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिक आज बिहान यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६० नम्बरको रात्रिबस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएको हो । सो बस त्यसपछि त्रिशूली नदी किनारमा खसेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते पाँचै जना कारमा सवार व्यक्ति हुन् ।

गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले गम्भीर घाइते भएका पाँचै जनालाई उपचारका लागि चितवन पठाइएको बताए ।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा मेडिकल टिमसहित ३५ जनाको सुरक्षा फौज घटनास्थलमा पुगेर उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

‘घाइतेमध्ये ११ जनालाई उपचारार्थ भरतपुरतर्फ पठाइएको छ,’ उनले भने, ‘बाँकी सामान्य घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।’

घाइतेमध्ये ११ जनालाई उपचारार्थ भरतपुरतर्फ पठाइएको छ भने १ जना गम्भीर घाइतेलाइ सशस्त्र प्रहरी बलको कुरिनटारस्थित ट्रमा सेन्टरमा प्राथमिक उपचारपछि भरतपुर पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?