सदनमा उठेकाे प्रश्नमा सरकारले बेवास्ता गरेपछि  जवाफ दिन सभामुखकाे रूलिङ

लोकपथ
91
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा उठेका सवालका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्।

आज बसेको बैठकमा सभामुख घिमिरेले संसद्को शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका हुन्। आजको बैठकमा पनि सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा विभिन्न सवाल उठाएका थिए।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा जानकारी गराउन सभामुखबाट रुलिङ माग गरेका थिए।

बैठकमा सभामुख घिमिरेले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु।’

यसअघि संसद्मा विभिन्न विषयमा आवाज उठ्ने गरे पनि सरकारले त्यसलाई चासो नदिएको भन्दै सांसदहरुले गुनासो गर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?