पृथ्वी राजमार्गमा दुर्घटनाग्रस्त कारका चालकको मृत्यु, चार जना डिस्चार्ज

लोकपथ
861
Shares

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिक आज बिहान यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६० नम्बरको रात्रिबस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएको हो ।

कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो। घाइते तीन जनाको अवस्था गम्भीर छ। चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?