सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

लोकपथ
105
Shares

काठमाडौं । विशेष अदालतले सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको शुक्रबारको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।

अदालतले सुवेदीलाई ३ वर्ष २ महिना १८ दिन कैद र २ करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना (बिगोको दोब्बर) को सजाय सुनाएको छ । साथै अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

कार्यालय प्रमुखका रुपमा पदको दुरुपयोग गरी कसुर गरेको भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ जरिवानाको पनि सजाय गरेको छ ।

२०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?