जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटी स्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगि ललाई फकाई, डर धाक धम्की देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?