सिटीइभीटीकै भवनमा क्रिप्टोकरेन्सीको माइनिङ, २ कर्मचारी पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) कै भवनमा अवैध क्रिप्टोकरेन्सीको माइनिङ गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विश्वास गुरुङ र राजेन्द्र ताहामता रहेका छन् । उनीहरू दुवैजना सिटीइभीटकै कर्मचारी रहेको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो, सिआइीको टोलीले बुधवार सिटीइभीटीकै कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सिटीइभीटी अन्तगर्तको प्राविधिक तालिम केन्द्र (टिआईटीआई) बिल्डिङको इन्फरमेसन टेक्नोलोजी ल्याबमा उनीहरूले अवैध क्रिप्टोकरेन्सीको माइनिङ गर्ने गरेको पाइएको हो ।

उक्त भवनको कम्प्युटरहरुको अध्ययन गर्दा एउटा सर्भर र ६४ वटा कम्प्युटरमा अवैध क्रिप्टोकरेन्सीको सफ्टवेयरहरू पाइएको र त्यससबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । उनीहरू दुवैजना सिटीइभीटीकै कर्मचारी रहेको र ल्याबको जिम्मेवारीमा रहेका व्यक्तिहरू भएको सिआइबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?