जावलाखेलमा अर्धबेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु

लोकपथ
280
Shares

काठमाडौं । ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना शुक्रबार राति आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

उपचारको क्रममा उनीहरुको साढे ९ बजे मृत्यु भएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरीएको छ भने दुबैको शव शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टमको लागि पठाइएको ललिलतपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?