पुल बनाउन खनेको खाल्टोमा खसेर ९ वर्षीय बालकको मृत्यु

लोकपथ
329
Shares

पोखरा । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेर एक बालकको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ९ वर्षीय गणेश विक शनिबार साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । उनलाई आज आइतबार विहान सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?