पेट्रोलियम समस्याबारे पेट्रोलियम मजदूर र सरकारबीच वार्ता सुरु

लोकपथ
147
Shares

काठमाडौं । आन्दोलनमा उत्रिएका ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ । विभिन्न ७ बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन।

निरन्तर आन्दोलनपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ता सुरु गरेको हो ।

आन्दोलनरत ट्यांकर चालकहरुले श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् ।

ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?