अमेरिकाको जंगलमा आगलागी, क्यालिफोर्नियाबाट १२ हजारभन्दा बढी मानिस विस्थापित

लोकपथ
91
Shares

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो अझै निभेको छैन । जंगलमा लागेको आगो अहिले क्यालिफोर्नियासम्म फैलिएको छ । जसका कारण आगोबाट बच्न १२ हजारभन्दा बढी मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारिएको थियो । अमेरिकाको लस एन्जलसमा आजकाल निकै गर्मी छ । र लस एन्जलस काउन्टीमा विगत केही दिनदेखि ठूलो आगो लागेको छ।

क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एन्ड फायर प्रोटेक्शनले यो आगलागीलाई पोस्ट फायर नाम दिएको छ । यसले लस एन्जलसको उत्तरपश्चिम ६२ माईल उत्तरपश्चिममा गोरमनको अन्तरराज्यीय ५ फ्रीवे नजिकै ३६०० हेक्कड भन्दा बढी जलेको छ। आगलागीका कारण लस एन्जलस प्रशासनले सहरको एउटा अन्तरराज्यीय राजमार्ग बन्द गरेको छ ।

दमकल विभागले कर्मचारीहरूले आगो फैलिनबाट रोकिरहेको बताएका छन्। हाल आगो दक्षिण पूर्व पिरामिड ताल तर्फ सर्दै गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?