क्रसर उद्योगीको माग सम्बोधन गर्न सांसद खानको माग

लोकपथ
84
Shares

काठमाडौं। जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले क्रसर उद्योगीको आन्दोलनको बारेमा सदनलाई जानकारी गराएका छन् । क्रसर उद्योगीहरू विभिन्न माग राखी जेठ १ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद खानले मन्त्रीपरिषद्को निर्णय अनुसार दर्ता भएका क्रसर उद्योग नवीकरण गर्न माग गर्नु जायज रहेको बताए । आन्दोलनकारीले मापदण्ड संशोधन गर्न पनि माग गरेको बताउँदै उनले क्रसर उद्योगीको माग सम्बोधन गर्न माग गरेका हुन् ।

यस्तै सांसद खानले संघीय संसद्का कर्मचारीले गर्दै आएको आन्दोलनप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । आइएलओको मापदण्डअनुसार अतिरिक्त काम गरेबापत अतिरिक्त सेवा पाउनुपर्ने कर्मचारीको माग छ । उक्त माग पनि सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?