अष्ट्रेलियाली दूतावासद्वारा आँखा स्वास्थ्यसम्बन्धी पुस्तिका हस्तान्तरण

लोकपथ
56
Shares

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले आँखा स्वास्थ्यसम्बन्धी पुस्तिका ‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण गरेकी छिन् । तिलगंगा आँखा प्रतिष्ठान र मिथिला कलाकारहरुको संयोजनमा बालबालिकाको आँखा स्वास्थ्यसम्बन्धी पुस्तिका लोकार्पण गरिएको हो ।

बालबालिकाको आँखालाई स्वस्थ राख्ने र आँखा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तिका तयार पारी लोकार्पण गरिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठानमा उपचारका लागि आउने बालबालिकाले आफ्नो पालो पर्खिने समयमा ती पुस्तिका अध्ययन गरी आँखा स्वास्थ्यबारे जानकारी लिन सक्ने गरी एक हजार थान पुस्तक तयार पारिएको अष्ट्रेलियाली दूतावासले जनाएको छ । मङ्गलवार अष्ट्रेलियाली राजदूत भोल्क तथा तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा। रिता गुरुङले संयुक्तरुपमा आँखालाई माया गर्नुहोस् नामक पुस्तिका लोकार्पण गरेका हुन् ।

अष्ट्रेलियाका सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा नेपालका मिथिला कलाकारहरूको कलाद्वारा तयार पारिएको पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा राखिनेछ । त्यहाँ पालो पर्खेर बसेका बालबालिकाले उक्त पुस्तिका अध्ययन गरी आँखा स्वास्थ्यबारे जानकारी लिन सक्नेछन् ।

उक्त पुस्तिकामा अष्ट्रेलियाली आँखा चिकित्सक स्वर्गीय डा। फ्रेड होलोज र नेपालका प्रख्यात आँखा चिकित्सक डा।सन्दुक रुइतबीचको मित्रता बारे पनि पुस्तिकामा जानकारी दिइएको छ । मिथिलाको परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी सांस्कृतिक कलाको प्रवर्द्धन गर्न पुस्तिका तयार पारिएको अष्ट्रेलियाली दूतावासले जनाएको छ ।

नेपालका लागि अष्ट्रेलियाली राजदूत भोल्कले सन् १९९० को दशकदेखि नै डा। फ्रेड होलोज र डा।सन्दुक रुइतबीचको मित्रताको सम्झना गराउने यो पुस्तिकाले अस्ट्रेलिया र नेपालबीचको जन–जनताको सम्बन्धलाई प्रवर्द्धन गर्न सहयोग पु¥याउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?