अवैध लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागुऔषध खैरो हेरोइन २९ ग्राम ३ सय ८० मिलिग्रामसहित बर्दिया गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय गुप्ता र नागार्जुन नगरपालिका-२ सानो भर्‍याङबाट अवैध लागुऔषध खैरो हेरोइन १३ ग्राम २ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने कैलाली लम्कीचुहा नगरपालिका-१ घर भएका ४३ वर्षीय टंक बहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?