काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शौचालयमा आत्महत्या गरेका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेको संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए ।
‘उहाँले आफैंलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ’, धमलाले भने ।
उनका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहेका थिए र सोही क्रममा आफैंले बोकेको पेस्तोल आफूमाथि प्रहार गरी सुट गरेका थिए । ती प्रहरी जवानले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ । मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया