नेपाल आयरल्यान्ड डे भव्यताका साथ मनाइँदै

५ देखि ७ हजार जनाको उपस्थिति रहने आयोजकको दाबी

लोकपथ
350
Shares

काठमाडौं । एनआरएन आयरल्यान्ड र नेपाल आयरल्यान्ड सोसाइटीको संयुक्त आयोजनामा आगामी ७ जुलाईमा भव्यताका साथ नेपाल आयरल्यान्ड डे मनाइने भएको छ ।

स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म आयरल्यान्डको फनिस पार्क डब्लिनमा हुने सो कार्यक्रममा आयरल्यान्ड सरकारका उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

यस्तै, कार्यक्रममा नेपाली र स्थानीय गरी ५ देखि ७ हजार जनाको उपस्थिति हुने पनि आयोजकको भनाइ छ । कार्यक्रममा नेपालको कला संस्कृति र नृत्यका साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि ‘टुरिजम टक सो’ समेत गरिने भएको छ ।

एनआरएनए आयरल्यान्डका प्रवक्ता वीरेन्द्र अधिकारीले सो टक सो कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धनको बारेमा भव्य रुपमा प्रचार प्रसार गरिने लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?