न्यूरोडमा सवारी निषेध प्रस्तावको विरोधमा उत्रिए स्थानीय

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

बुधवार न्यूरोडका स्थानीयले सो क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्दै सवारी निषेध क्षेत्र बनाउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालकै ऐतिहासिक महत्व बोकेको न्यूरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव राखेको थियो ।

तर न्यूरोडका स्थानीयले भने नो भेहिकल जोन बनाउँदा त्यस क्षेत्रको व्यापारमा असर गर्ने, बिरामी पर्दा समेत सास्ती भोग्नुपर्ने भन्दै त्यसको बिरोध गरेका हुन् ।

‘न्यूरोड इज बिउल्ड फर भेहिकल’ भन्ने नारा भएको प्ले कार्डसहित स्थानीयहरु विरोधमा उत्रिएका हुन् । न्यूरोड आफैँमा सवारीसाधनका लागि बनेको र नेपालकै पहिलो पिच रोड भएको भन्दै त्यसलाई मास्न नहुनेमा स्थानीयको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?