काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले प्रभावकारी आर्थिक कूटनीति प्रवर्द्धन गर्नका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभामा परराष्ट्र र गृह मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटको छलफलमा सचेतक बरालले नेपालमा सरोकारवाला निकायबीच हदैसम्मको समन्वयमार्फत मुलुकको सामर्थ्य र लक्ष्यअनुरुपका आर्थिक कूटनीति लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
बरालले आर्थिक कूटनीतिलाई समृद्धिमा जोड्नुपर्ने बताइन् । उनले परराष्ट्र मन्त्रालयमा रहेका जनशक्तिको क्षमता अभिवृद्धि र उपलब्ध श्रोतसाधनलाई सक्षम र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले तीन सयभन्दा कम संख्यामा रहेको परराष्ट्र मन्त्रालयको जनशक्ति र श्रोतसाधनमा पर्याप्त लगानी गरी नेपालको कूटनीतिक सामर्थ्य विकास गर्नुपर्ने प्रष्ट पारिन् ।
सचेतक बरालले ‘विदेशस्थित नियोगहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने र हामीसँग भएका सन्धि सम्झौताहरूको संस्थागत हुन सकेको छैन । हामीले कुनै दस्तावेज वा कागजात खोज्दा प्राप्त गर्न गाह्रो छ, हाम्रा दस्तावेज र सन्धि सम्झौता डिजिटल अर्काइभ गरी राख्नका लागि पहल गर्न ध्यानाकर्षण गराउँछु,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया