झापा । झापामा जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया