कोशी प्रदेशको बजेटमा एकलौटी योजना हालेको भन्दै कांग्रेस र राप्रपाका सांसद उठेर हिँडे

लोकपथ
490
Shares

विराटनगर । कोशी प्रदेशको बजेट किताबमा एकलौटी योजना हालेको भन्दै नेपाली कांग्रेस र राप्रपाले कोशी प्रदेशसभाको बैठकबाट उठेर हिँडेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेट मन्त्रीहरूले आफ्नो पैतृक सम्पत्ति बाँडफाँट गरेको जसरी योजना हालेको भन्दै कांग्रेस र राप्रपाले सभा बहिष्कार गरेका हुन् ।  आज आर्थिक विधेयकका विषयमा छलफल गर्ने कार्यसूची थियो । बैठक सुरू भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले रातो किताबमा भएको विनियोजनलाई देख्दा मन कुँडिएको भन्दै उनले बजेट हेर्दा प्रदेशसभा सदस्य समेत भन्न लाज लाग्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?