धादिङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

लोकपथ
11.6k
Shares

धादिङ । धादिङमा आज बिहीबार टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेमा ज१ज ४४४ नम्बरको टाटा सुमो सडकबाट करिब तीन सय मिटर तल खस्दा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा चालक ५५ वर्षीय जीवन श्रेष्ठ घाइते भएका छन् । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?