काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही गर्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी दाहालले टीकापुरमा जनधनको अपुरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताए ।
‘टीकापुर घटना एउटा दुखद घटना हो । जसमा जनधनको अपुरणीय क्षति हुनपुग्यो । घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ’, दाहालले भने ।
थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको धारणा दाहालको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया