काठमाडौं । अवैध लागुऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशीक रोजगारीमा सहजतासँगै अवैध लागुऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ ।
गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागुऔषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको भएपनि यो संख्यामा निरन्तर वृद्धि भइरहेको बताएका छन् ।
अर्यालले भने, ‘सहरमा मात्र नभइ गाउँमा पनि लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । यसबाट पीडितहरुको संख्या समेत वृद्धि भइरहेको छ । यस्तो खालको विकृति विसंगतीलाई निर्मुल पार्नका लागि सरकार, नेपाल प्रहरी र सबै लागि रहेका छौँ।
अब वर्षदिन भरिमा ७५३ वटै स्थानीय तहहरुमा नेटवर्क विस्तार गर्नुपर्नेछ । लागुऔषधलाई नेपाली समाजबाट निस्तेज पार्न आवश्यक छ । बढ्दो विश्वव्यपीकरण र पर्यापर्यटनको विकाससँगै सहरीकरण र खुला सीमानाका, वैदेशीक रोजगारीको सहजतालगायतका कारणले लागुऔषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।’
लागुऔषध प्रयोग गर्नेहरुमा विषेशगरी किशोराअवस्थाका केटाकेटीहरुको संलग्नता पाइएको अर्यालले बताए । लागुऔषध दुर्व्यसन गर्ने नविनतम प्रविधिको प्रयोग समेत बढेको अर्यालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया