काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिएका छन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले बिहिबार आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो ।
आज विभिन्न दलका १० सांसदले समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर प्रधानमन्त्री लाई प्रश्न सोधेका थिए ।
सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरि हित हुने गरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया