गृहमन्त्री लामिछानेलाई अर्काे झट्का, हुलाक मार्फत् पठाइएको जाहेरी काठमाडौं प्रहरीले दर्ता गर्यो

लोकपथ
2.9k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा अर्को जाहेरी प्रहरीमा दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी जिल्ला प्रहरी परिसर टेकुमा हिजो बुधबार दर्ता भएको हो ।

सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईविरुद्ध हुलाकमार्फत पवठाएको किटानी जाहेरी काठमाडौं प्रहरी परिसरमा टेकुले दर्ता गरेको हो ।

यसअघि पोखरामा सहकारीपीडितहरुले पुरक जाहेरी दर्ता गरेको भएपनि प्रहरीले त्यस विषयमा सर्वाेच्च अदालतले माग्दा समेत दिन अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?