घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लोकपथ
0
Shares

ललितपुर । गोदावरी नगरपालिकाको सभा हलमा घरेलु हिंसा तथा लैंगिक हिंसा न्यूनिकरणएवम् सामाजिक संजालको दुरूपयोग लगायतका विषयमा सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना र प्रहरी वृत्त चापागाउँ ललितपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले
सचेतनामूलक कार्यक्रम ज्यादै प्रभावकारी र महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताए । 

कार्यक्रममा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘मोबाइल क्राइम’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी नृत्य प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक शिक्षिका एवम् विद्यार्थीहरू,संचारकर्मी, प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?