करेन्ट लागेर मृत्यु

लोकपथ
0
Shares

सर्लाही । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-१० बस्ने २१ वर्षीय आबोध ठाकुरको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो । टेलिकम अफिसमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सरस्वती अस्पताल हरिवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै करेन्ट लागेरघाइते भएका उनकै भाई आनन्द ठाकुरको एडभान्स संजिबनी अस्पताल बरहथवामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?