टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने खेलाडी बने प्याट कमिन्स, अन्य को को छन् सूचीमा ?

लोकपथ
2.9k
Shares

काठमाडाैं । अस्ट्रेलियाका प्याट कमिन्सले टी–२० विश्वकप २०२४ को ४४ औं खेलमा इतिहास रचेका छन् । उनले बंगलादेशविरुद्ध अस्ट्रेलियाको खेलमा लगातार तीन बलमा तीन विकेट लिएका छन् । कमिन्स टी-२० विश्वकप २०२४ मा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । यति मात्र होइन, उनी टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने दोस्रो अस्ट्रेलियाली र समग्रमा सातौं खेलाडी बनेका छन् । कमिन्स भन्दा पहिले ब्रेट लीले सन् २००७ मा ह्याट्रिक विकेट लिएका थिए । यसबाहेक कर्टिस क्याम्फर (आयरल्यान्ड), वानिन्दु हसरंगा (श्रीलंका), कागिसो रबाडा (दक्षिण अफ्रिका), कार्तिक मेयप्पन (युएई) र जोसुवा लिटिल (आयरल्याण्ड) ले पनि यो उपलब्धि हासिल गरेका छन्।

कमिन्सले यी ब्याट्सम्यानलाई प्याभिलियन पठाए :

कमिन्सले १८ औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए । उनले महमुदुल्लाह (२) लाई क्लिन बोल्ड र मेहदी (०) लाई जाम्पाले क्याच दिए। यसपछि कमिन्सले २० औं ओभरको पहिलो बलमा तौहिद हृदयोय (४०) लाई आउट गर्दै यो उपलब्धि हासिल गरे। कमिन्सले चार ओभरमा २९ रन दिएर तीन विकेट लिए । यस अवधिमा उनले आठ डट बल गरेका थिए । कमिन्सले अहिलेसम्म कुल ५५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ६३ विकेट लिएका छन् ।

टी–२० विश्वकपमा ह्याट्रिक लिएका अष्ट्रेलियाली बलर :
खेलाडी विरुद्ध स्थान वर्ष
ब्रेट ली बंगलादेश केप टाउन २००७
एस्टन आगर दक्षिण अफ्रिका जोहानेसबर्ग २०२०
नाथन एलिस बंगलादेश मिरपुर २०२१
प्याट कमिन्स बंगलादेश एन्टिगुआ २०२४

आईसीसी पूर्ण सदस्य टोलीद्वारा टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक :

देश ह्याट्रिक

श्रीलंका ६
न्युजिल्याण्ड ५
अस्ट्रेलिया ४
अफगानिस्तान २
आयरल्याण्ड २
पाकिस्तान २
भारत १
दक्षिण अफ्रिका १
वेस्ट इन्डिज १
जिम्बाब्वे १
कुल २५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?