अन्तर्राष्ट्रिय योग दिवस : शिल्पादेखि कंगनासम्मले बताए योगका फाइदा

लोकपथ
28
Shares

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । आम मानिसदेखि स्टारसम्म सबैले योगको मद्दतले आफूलाई फिट राख्ने प्रयास गर्छन् । योग दिवस बलिउड स्टारहरुले पनि मनाएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कुन(कुन स्टारहरूले आफ्ना फ्यानहरूसँग भिडियो सेयर गरेर योगबाट हुने फाइदाहरू बताएका छन् ।

शिल्पा शेट्टी


यस लिस्टमा शिल्पा शेट्टीको नाम पहिलो नम्बरमा आउँछ। आफ्ना फ्यानसँग भिडियो शेयर गर्दै शिल्पाले भनिन्, ‘जब म योगा गर्छु, तब म आफूलाई भन्छु कि मेरो दिमाग मेरो नियन्त्रणमा छ र यसो गर्दा म खुसी महसुस गर्छु र साथसाथै म आफ्नो दिमागलाई नियन्त्रण गर्न सक्छु ।

मलाइका अरोरा


यो लिस्टमा मलाइका अरोराको नाम पनि परेको छ । मलाइकाले योगाबाट धेरै फाइदाहरु हुने बताएकी छिन् । आज एक रिल सेयर गर्दै अभिनेत्रीले आफ्ना फ्यानहरुलाई योगका फाइदाहरु बताइरहेकी छिन् ।

अनुपम खेर


बलिउडका दिग्गज अभिनेता अनुपम खेरले पनि अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक भिडियो सेयर गर्दै आफ्ना फ्यानहरूलाई योगका फाइदाहरू बताएका छन् । भिडियो सेयर गर्दै अनुपमले लेखेका छन्, ‘योग भनेको आफैंबाट आफैंसम्मको यात्रा हो। अन्तराष्ट्रिय योग दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना तथा बधाई ।

कंगना रनौत


कंगना रनौतले पनि योगा मार्फत आफूलाई फिट राख्छिन् । आज अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमा आफ्नो तस्विर शेयर गरेर आफ्ना फ्यानहरूलाई अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना दिँएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?