श्री एयरलाइन्सले थप्यो ८० सिटे जहाज

लोकपथ
1.6k
Shares

काठमाडौं । श्री एयरलाइन्सले ८० सिटे जहाज थपेको छ ।

डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन-एओएम को ८० सिटे जहाज थपेको हो ।

श्री एयरलाइन्सको विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो ।

श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००/७०० तथा क्यु ४००- गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?