प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ

लोकपथ
0
Shares

सर्लाही । सर्लाहीमा प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका–२ बाट नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ७१ हजारसहित एकजना पक्राउ परेका हुन् ।

हरिवन नगरपालिका–४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नबलपुरबाट खटिएको प्रहरीले ना.३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा पाख्रिनलाई ५ सय दरका १ सय ४२ थान उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?