एसईई परीक्षा नतिजा यसै साता आउने

लोकपथ
637
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्तामा प्रकाशन गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबमोजिम ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिकाअनुसार यो पटकको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?