नेप्से परिसूचकमा ५.३७ अङ्कको गिरावट

लोकपथ
49
Shares

काठमाडौं । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५.३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।

आइतबार तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ । आइतबार वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह १.२३ र होटल तथा पर्यटन समूह १.१० प्रतिशतले घटेको छ ।

रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.५८ र सनराईज ब्लुचिप फन्डको शेयर मूल्य ५.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको १७ करोड १३ लाख ५२ हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आइतबार सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको तीन लाख नौ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?