काठमाडौं । आगामी असार १९ बाट रिक्त हुने नेपाल प्रहरीको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ९ दिनअगावै सिफारिस गरिएको छ ।
एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनी अवकाशमा गएपछि रिक्त हुने पदमा डीआईजी पोषराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको हो । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई बढुवा गर्न सिफारिस गरेको स्रोतको भनाइ छ ।
उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया