जस्तोसुकै भारी बोक्न तयार भन्दै बाबुरामले गरे यस्तो अपिल

काठमाडौं, १४ कात्तिक नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई आफूलाई अमूल्य मत दिएर गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ बाट जिताउन आह्वान गरेका छन् । मतदातालाई सम्बोधन गर्दै भट्टराईले यस्तो आह्वान गरेका हुन् । उनको आह्वानमा भनिएको छ, ‘ अब आर्थिक विकास र समृद्धिको चरण सुरु भएको छ । त्यसको मुख्य जिम्मेवारी नयाँ शक्ति पार्टी र मैले लिन्छु, यो वाचा म तपाईंहरूसँग गर्छु । मेरो पूर्ण विश्वास छ तपाईंहरुले हामीलाई यो जिम्मेवारी दिनुहुनेछ । ’ उनले आफूमा देशलाई समृद्ध कसरी बनाउने भन्ने मात्रै चिन्ता रहेको भन्दै त्यसको लागि मर्यादाक्रमको ख्याल नगरीकन जस्तोसुकै जिम्मेवारीको भारी बोक्न पनि तयार रहेको बताएका छन् । त्यसका लागि मतदाताले विकास र समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी दिने विस्वास समेत व्यक्र गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?