सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर साविक लुभू वडा नम्बर ४ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन् ।

जिल्ला अदालत काठमाडौंले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ५ महिना १५ दिन कैद र २५ रुपैयाँ फैसला भई फरार रहेका राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले खोजतलास गर्दै जादा आइतबार लुभू चसिडोलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बबरमहल काठमाडौं पठाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?