जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना गम्भीर बिरामी

लोकपथ
553
Shares

मकवानपुर । जंगली च्याउँ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका छन् मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये बाबु दलबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चयाउँ खाएर गम्भिर बिरामी परेका उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?